सिमरामा भदौ २९ देखि ‘मञ्जुदेवी अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता’ हुने

रातोघर

 २०७९ भाद्र १६, बिहिबार  मा प्रकाशित
५८४ पाठक संख्या


सिमरा, भदौ १६

बाराको सिमरामा अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा यही भदौ २९ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी दिन सिमरामा आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गर्न लागिएको प्रतियोगिता असोज १ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहने प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउने संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिता बिदेशी टिमको समेत सहभागिता रहने उहाले बताउनुभयो । नेपाल र भारतका विभिन्न भेट्रान कप फूटवल प्रतियोगितामा सहभागिता जनाउदै आएको सिमराले दोस्रो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न लागेको हो । यसअघि देशभरीका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो । देशभरीबाट सहभागी हुने क्लबबाट राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत खेल्ने हुँदा प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा आयोजकले गरेको छ ।

जीतपुरसिमरा गोल्डकपले सिमरालाई राष्ट्रिय स्तरमा चिनाउन र फूटवलको विकास गर्न सहयोग गरिरहेको अवस्थामा भेट्रान प्रतियोगिताले थप मद्यत पुग्ने अध्यक्ष राजकपुर राउतले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगीको भूमिकामा रहेका स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभयो ।

देशको विभिन्न उमेर समुहको राष्ट्रिय टिममा सिमरासहित बाराका खेलाडीले स्थान पाउनुमा निरन्तर फूटवलको गतिविधिकै कारण सम्भव भएको गुप्ताको भनाई छ । नेपाली काग्रेसका महासमिति सदस्यसमेत रहनुभएका गुप्ताले फूटवल प्रतियोगितालाई आफ्नो आमाको नाममा आयोजना गर्न पाँउदा आफूले गौरवान्वित महसुस गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, क्लबका उपाध्यक्ष समिर आले, सचिव केदार ढकाल, कोषाध्यक्ष उमेश चौलागाईसहित पदाधिकारी र सदस्य, संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको अनुमानित बजेट करिब १० लाखको रहेको कोषाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । सिमरा भेट्रानका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भेट्रानका सचिव केदार ढकालले गर्नुभएको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban