

सिमरा ।
सिमरा पछिल्लो समय चलचित्रकर्मीहरुको मन पर्ने थलोको रुपमा परिचित बन्दै गएको छ । सिमरामै छायाँकन गरिएका बिभिन्न दर्जनौ म्युजिक भिडियोहरु युटुबमा भाइरल समेत भैसका छन् ।
ठुलो पर्दाको एक नेपाली चलचित्र छाँयाकनका क्रममा सोमबार राती सिमरा बजारको मुख्य चौकमा केही समय भिड लागेको थियो । उनीहरुका अनुसार ५० प्रतिशत चलचित्रको छायाँकन सिमरामै सम्पन्न गरिने छ ।
यस्तै नेपाली मात्रै नभई भोजपुरी चलचित्र समेतको छायाँकन हुने गरेको छ । सिमरामै छाँयाकन गरिएको भोजपुरी चलचित्र किस्मतमा अभिनय गरेका धुर्व नेपालले आफ्नै लगानीमा एउटा नयाँ म्युजिक भिडियोको छाँयाकन समेत सिमराबाट गर्ने जानकारी दिए ।





Write your Comment