मधेशको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना, गर्मी भने कायमै रहने

रातोघर

 २०८० जेष्ठ ३१, बुधबार  मा प्रकाशित
३४८ पाठक संख्या


हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका बाबजुद देशका अधिकांश भू-भागमा गर्मी कायमै रहने महाशाखाले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban