

एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार साँझ जनकपुरको मिल्स एरियामा जनकपुरधाम – १४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् ।
शरीरमा पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उनलाई स्थानीयले उद्धार गरेका छन् । स्थानीयकाअनुसार मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए ।
तर लिएको ऋण ६ महिना नबित्दै उमेशले जग्गा बिक्री गरेपछि तनामा आएर रितेशले आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
मंगलबार नै नागरिकता माग गर्दै एक युवकले काठमाडौंको माइतीघरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
मोरङ जिल्लाको कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले तुरन्तै उद्धार गरी उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरेको थियो ।





Write your Comment