

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिबाट पारित आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकारहरू आन्दोलित भएका छन् ।
प्रदेशसभा सचिवालय अगाडि नेपाल पत्रकार महासंघको आव्हानमा पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।
उक्त विधेयकले मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारमार्फत जरिवाना तिराउने प्रावधान ल्याएपछि पत्रकारसम्बद्ध संघसंस्थाले कडा आपत्ति जनाउँदै संशोधनको माग गरेका थिए । तर छलफलका क्रममा उठाइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू सडकमा उत्रिएका हुन् ।





Write your Comment