हजारौंको सहभागितामा जीतपुरसिमरामा भब्य तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
६६१ पाठक संख्या


बारा । नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ, जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय कलाकार प्रतिभा सापकोटा सहित स्थानिय कलाकारहरुले आकर्षक तथा प्रस्तुति सहित तिजको दर बिशेष कार्यक्रम सिमराको रोयल पार्टी प्यालेसमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीले गरेको थियो ।

विभिन्न गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा सहभागिहरुलाई थप उल्लासमय बनाएको थियो । कार्यक्रममा उत्साहजनक रुपमा हजारौंको संख्यामा महिला दिदीबहिनीहरुको उपस्थिति जनाएपछि आयोजकलाई व्यवस्थापन हम्मेहम्मे परेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् संघीय सांसद ज्वाला कुमारी साहले तीज पर्व महिलाहरुको लागि बिशेष भएको र यस पर्वले समाजमा सहकार्य र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने बताइन् ।

अखिल नेपाल महिला संघ नगर अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला सञ्जाल नगरकी अध्यक्ष चयन गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

त्यस्तै, कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मन्जु थापा मगर, नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल,मधेश प्रदेश सभा सदस्य देव नारायण चौधरी, पूर्व प्रदेश सभा सदस्य सिन्दर विश्वकर्मा, पूर्व प्रदेश सभा सदस्य सिता गुरुङ,जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नं.१६ का वडाअध्यक्ष हरिदेव खरिल सहितका जनप्रतिनिधिहरु,नेकपा एमाले बारा जिल्ला उपसचिव भावना आचार्य,नगर इन्चार्ज सुभद्रा लम्साल न्यौपाने र नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाह ठकुरी,एमाले पार्टी नगरकमिटीका सचिव रबिन्द्र राज भण्डारी लगायत नेकपा एमाले पार्टीका विभिन्न तहका नेता तथा नगरवासीहरुको विशेष उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban