ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरामा रक्तदान कार्यक्रम सम्पन्न, ११४ जनाले गरे रक्तदान

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
३३८ पाठक संख्या


बारा,सिमरा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले दादी प्रकाशमणिजीको १८औँ पुण्य स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सिमरामा आयोजित उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो । ९ जना महिला, १ सय ५ जना पुरुष सहित १ सय १४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा सभापति ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी, प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्मा, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन लामिछाने लगायत विभिन्न संघ–संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर अधिकारीले रगतको अभावमा हुने अकाल मृत्यु रोकथाममा यस्तो अभियान महत्वपूर्ण हुने बताउँदै ब्रह्माकुमारीले समाजमा सकारात्मक सन्देश फैलाएको उल्लेख गर्नुभयो ।

सभापति मधु दिदीले सबैको साथ सहयोगका कारण कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै रक्तदान महाअभियानले सम्पूर्ण मानव जीवनलाई नयाँ जीवन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सिमरा रेडक्रसका अध्यक्ष शिव शर्माले सेवा केन्द्रलाई रक्तदान कार्यक्रममा सम्पन्न गरेकोमा प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban