

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ३ लाख ३३ हजार ३०९ जना रहेका छन्।





Write your Comment