अनिता लम्साल ‘मध्य नेपाल उत्कृष्ट महिला अवार्ड’ बाट सम्मानित

रातोघर

 २०८२ भाद्र ८, आईतबार  मा प्रकाशित
३८६ पाठक संख्या


सिमरा । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष एवम् सल्लाहकार अनिता लम्साल ‘मध्य नेपाल उत्कृष्ट महिला अवार्ड’ बाट सम्मान प्राप्त गरेकी छिन्। वीरगन्जमा आयोजित विशेष समारोहका बीच लम्साललाई उक्त अवार्ड प्रदान गरिएको हो।

सो अवसरमा बारा क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साह र मध्य नेपाल प्रालिकी अध्यक्ष कविता खड्काले संयुक्त रूपमा लम्साललाई सम्मान गरेका थिए।

लम्साल मधेस प्रदेशभित्र चयन गरिएका चार उत्कृष्ट महिलामध्ये एक रहँदै यो अवार्डबाट सम्मानित भएकी हुन्। सहकारीको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय रहेकी उनले विशेषगरी हिंसामा परेका महिलाहरूको संरक्षण र पुनःस्थापना गर्न सिमरामा महिला पुनःस्थापना केन्द्र स्थापना गर्ने अभियानलाई निरन्तर अगुवाई गरिरहेकी छिन्।

यसबाहेक उनी एमाले निकट अखिल नेपाल महिला संघको जीतपुरसिमरा नगर समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्। साथै, उनी सारथी स्वरोजगार तथा बजारीकरण संघसँग समेत आवद्ध रहँदै महिलालाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई बजारमा प्रवर्द्धन गर्ने कार्यमा सक्रिय योगदान दिइरहेकी छिन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban