सिनामंगलमा टोले गुण्डा रेश लामा पक्राउ

रातोघर

 २०८२ भाद्र ९, सोमबार  मा प्रकाशित
२४२ पाठक संख्या


काठमाडौं । राजधानीको सिनामंगल र बत्तीसपुतली आसपासका सेकुवा कर्नरमा मान्छे पिट्दै हिँड्ने ‘टोले गुण्डा’ रेश लामा प्रहरीद्वारा पक्राउ परेका छन्। आइतबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

भदौ ४ गते बत्तीसपुतलीस्थित बाजेको सेकुवा रेष्टुरेन्टमा एकराज कार्कीमाथि कुटपिट गरी फरार भएका उनी दोलखाको बैत्येश्वर गाउँपालिका–३ का स्थायी बासिन्दा गोपाल मोक्तान भएको प्रहरीले जनाएको छ। उनी ‘रेश लामा’ नामले परिचित छन्।

यसअघि पनि रकम असुल्ने उद्देश्यले विभिन्न व्यक्तिलाई धम्की, हातपात र अभद्र व्यवहार गर्दै आएका लामा घटनापछि भाग्दै हिँड्ने गरेका थिए। पटक–पटक उजुरी परेपनि पक्राउ पर्नबाट जोगिँदै आएका उनलाई अन्ततः प्रहरी वृत्त गौशालाको टोलीले सिनामंगलमा नियन्त्रणमा लिएको हो।

उनविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ भने सोमबार म्याद थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban