

रौतहट । रौतहटको चर्चित सुटकेश भित्र फेला परेकी रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । प्रहरीले जनाएको अनुसार बुधबार आत्मदाह प्रयास गरी गम्भीर घाइते बनेका पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
पासवानले आफ्नै शरीरमा आगो लगाउनु अगाडी आफुले रुबीको हत्या गरेको स्वीकार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए । रौतहट प्रहरीले उनलाई जलेको अवस्थामा फेला पारेको थियो । रौतहटको गौर प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि पासवानलाई तत्काल किर्तिपुर बर्न अस्पताल लगिएको थियो ।
रुबी साहको हत्या घटना सार्वजनिक भएपछि स्थानीयवासी, सर्वसाधारण र सामाजिक अभियन्ताहरूले तीव्र रूपमा न्यायको माग गर्दै आएका थिए । पासवानले आफुहरुले अदालतमा गएर बिवाह गरेको र परिवारले विवाह स्वीकार नगरेपछि आफुहरुनैं मर्न र मार्न बाध्य भएको भनि भिडियोमा बोलेका थिए ।





Write your Comment