प्रचण्डले माओवादी आन्दोलन र इतिहास नरोकिने स्पष्ट पारे

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
१७२ पाठक संख्या


विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले नपत्याए पनि माओवादी इतिहास र आन्दोलन रोक्न नसकिने स्पष्ट पारेका छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टीभित्र स्वार्थ समूह सक्रिय रहेको र त्यसको पहिचान भइसकेको बताएका छन्।

उनका अनुसार, पार्टीको विधि, पद्धति र नेतृत्वभन्दा बाहिर स्वार्थमा केन्द्रित भएर बैठक गर्ने समूह नै स्वार्थ समूह हुन्। पत्रकारको प्रश्नमा प्रचण्डले भने, “प्रभाकरले (जनार्दन शर्मा) नपत्याए पनि माओवादी इतिहास र आन्दोलन रोकिन्न। यस विषयलाई चर्काएर प्रश्न उठाउने आवश्यकता छैन।”

उहाँले वर्तमान गठबन्धनले संविधानसँग जोडिएका ऐन–कानुन बनाउने कार्यमा ढिला गरेको आलोचना पनि गर्नुभयो। संविधान राम्रो भए पनि सम्बन्धित ऐन–कानुन नबन्नुका कारण प्रहरी समायोजन ऐन, सङ्घीय निजामती ऐनजस्ता महत्त्वपूर्ण कानुन नभएकोले संविधान कार्यान्वयनमा समस्या आएको उहाँले बताए। प्रचण्डले जनताको आक्रोश बढेको उल्लेख गर्दै अहिलेको सरकारप्रति जनताको असन्तुष्टि स्पष्ट भएको बताए।

साथै, भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्न गरेको सम्झौताको विषयमा वार्ताबाट सिमाना विवाद समाधान गर्नुपर्ने र आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएर वार्ताबाट समाधानको पहल गर्ने सहमति भएको पनि स्पष्ट पारे। उनले विद्या भण्डारीलाई राजनीतिमा आउने मार्ग खोलिदिएको र यसले राष्ट्रपतिहरू पनि राष्ट्रिय राजनीतिमा आउन सक्ने वातावरण तयार गरेको बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban