साइबर अपराध आरोपमा पूर्व योजना आयोग सदस्य अरनिको पाँडे ४ दिन थुनामा

रातोघर

 २०८२ भाद्र १२, बिहिबार  मा प्रकाशित
२१७ पाठक संख्या


काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्य अरनिको पाँडेलाई साइबर अपराधको आरोपमा प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ। नेपाल प्रहरीको साइबर व्यूरोले बुधबार उनलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो। अदालतले ४ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपराज अवस्थीले जानकारी दिए।

प्रहरीका अनुसार पाँडेविरुद्ध सामाजिक सञ्जालमार्फत साइबर क्राइम गरेको आरोपमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थपिएसँगै उनको गतिविधिबारे थप प्राविधिक र तथ्यगत प्रमाण संकलनको काम तीव्र पारिएको प्रहरीले जनाएको छ। हाल पाँडे पक्राउ परेका विषयले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ, किनभने उनी रास्वपाबाट केही समयअघि मात्र बाहिरिएका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban