

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न आदेश दिएको छ । यसका लागि राष्ट्र बैंकले हालसम्म जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै नयाँ प्रावधान लागू गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२” बमोजिम प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान गरिएको ब्याज अनुदान रकम राष्ट्र बैंकमार्फत उपलब्ध गराइने स्पष्ट पारेको छ । सो रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि शून्य प्रतिशत जोखिम भारमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।
संशोधित निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाले “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम हाल कायम रहेका ऋणीहरू र “कार्यविधि, २०८२” बमोजिम नयाँ सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीहरूको विवरण छुट्टाछुट्टै तयार पार्नुपर्नेछ । साथै, ती विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधिकारिक वेबसाइटमार्फत त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।





Write your Comment