बृहत महिला सम्मेलन–२०८२ मा सरिता सापकोटा सम्मानित

रातोघर

 २०८२ भाद्र १४, शनिबार  मा प्रकाशित
२७९ पाठक संख्या


सिमरा । बिरगंज उद्योग वाणिज्य संघद्वारा “नारी शक्ति, समर्पण र सम्मान” भन्ने नाराका साथ बीरगंजमा आयोजित बृहत महिला सम्मेलन–२०८२ मा साथी नेपालकी अध्यक्ष सरिता सापकोटालाई सामाजिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको छ ।

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सम्मानपत्र प्राप्त गर्नुभएको हो । उहाँको समाज रुपान्तरण, महिला सबलीकरण र सामाजिक उत्थानका लागि देखाएको निरन्तर समर्पणलाई उच्च मूल्याङ्कन गर्दै सम्मेलनले यो सम्मान अर्पण गरेको हो ।

कार्यक्रममा सहभागी अतिथिहरूले सापकोटाको निरन्तर प्रयासले महिला नेतृत्व, सामाजिक जागरण र समावेशी समाज निर्माणमा महत्वपूर्ण प्रभाव पारेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban