बाराको जीतपुरमा भूमिहीनलाई लालपुर्जा वितरणबारे छलफल

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
२२२ पाठक संख्या


बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भूमी समस्या समाधान आयोगले सुकुम्बासी, दलित तथा अव्यवस्थित बासिन्दालाई जग्गाको लालपुर्जा वितरणलाई सहज बनाउन सरोकारवालासँग छलफल गरेको छ। आयोगका अध्यक्ष हरि प्रसाद रिजालले स्थानीय तह र राजनीतिक दलहरूको इमान्दार सहकार्यले मात्र प्रक्रिया सहज हुने बताएका छन्।

छलफलमा सांसद कृष्ण कुमार श्रेष्ठ, ज्वाला साह र अच्युत मैनालीले चाँडै लालपुर्जा वितरण सुरू गर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहबिनाको काम आवश्यक रहेको बताएका छन्। आयोगका भूमि विज्ञ सदस्यले पात्रता र प्रक्रिया स्पष्ट पारे भने स्थानीय तहका प्रतिनिधिहरूले खर्च र उपकरण व्यवस्थापनबारे जिज्ञासा राखेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban