विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाइयो

रातोघर

 २०८२ भाद्र १५, आईतबार  मा प्रकाशित
१७७ पाठक संख्या


काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आज नेकपा (एकीकृत समाजवादी)को आलोकनगरस्थित पार्टी कार्यालय अगाडि धर्ना दिएका छन्।

महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत प्रमुख राजनीतिक दलहरूको कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि कांग्रेस, एमाले र माओवादी केन्द्रको कार्यालयमा धर्ना गरिसकेको महासंघले आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समाजवादी पार्टी कार्यालयमा दुई घण्टा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाएको हो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार सरकारसँग भएको ९ बुँदे सहमति अझै पूर्ण कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा जानुपरेको हो। उनका अनुसार प्रतिनिधिसभामा दर्ता भएको विधेयकले शिक्षकका मुख्य सरोकार र विगतका सहमति अनुसारका धेरै विषय सम्बोधन नगरेकाले दबाब स्वरूप आन्दोलन अघि बढाइएको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban