संगठन सुदृढीकरणमा जुट्न प्रचण्डको निर्देशन

रातोघर

 २०८२ भाद्र १६, सोमबार  मा प्रकाशित
१२८ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठन सुदृढीकरणका लागि नेताहरुलाई आत्मसमीक्षा, आलोचना–आत्मआलोचनाको संस्कृतिलाई बलियो बनाउन र गाउँ–बस्तीस्तरमा प्रत्यक्ष जनसम्पर्क विस्तार गर्न निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय माओवादीप्रति जनविश्वास बढेको बताए। तर, यसलाई संगठनमा रूपान्तरण नगरेसम्म दीर्घकालीन उपलब्धि नहुने उनले स्पष्ट पारे। उनले दसैँपछि सुदूरपश्चिममै आएर प्रत्यक्ष संवाद गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनका अनुसार पार्टी सरकारमा रहँदा प्राप्त उपलब्धि, खबरदारी अभियान र जनसंगठनका क्रियाकलापका कारण पार्टीप्रति समर्थन फेरि बढ्दै गएको छ। उनले कार्यकर्तालाई गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न आग्रह गरे।

पछिल्लो समय उपमहासचिव जनार्दन शर्मासँगको अन्तरसंघर्षबारे पनि प्रचण्डले प्रस्ट पार्दै भने, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले देखेको कुरा खुला रूपमा राख्न सक्छन्। पदाधिकारीदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने संस्कार माओवादी केन्द्रमै छ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban