

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकल र्यालीसहित भव्य स्वागत गरिएको छ। उनलाई स्वागत गर्न ठूलो संख्यामा समर्थकहरू पुगेका थिए।
स्वागतप्रति कृतज्ञता व्यक्त गर्दै मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद।”





Write your Comment