

काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थियाजिनको औपचारिक कार्यक्रम सकाएर रेलमार्ग हुँदै राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनी विशेष रेलमार्गमार्फत थियाजिनबाट बेइजिङ पुगेका हुन् ।
बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै, उपराष्ट्रपति चङ्गले आयोजना गर्ने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।
यसअघि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा तथा सहयोगका विषयमा विस्तृत भेटवार्ता गरिसकेका छन् । ओलीको यस भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ ।





Write your Comment