

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र सचिव शरणकुमार पाण्डेबीचको विवाद चर्किएपछि मन्त्रालयमा सुरक्षाका लागि १० जना प्रहरी परिचालन गरिएको छ ।
मन्त्रीले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेर सचिवालयमा राखिदिएका थिए । त्यसयता सचिव पाण्डे मन्त्रालय नआएको र एक साताको विदा लिएर चितवन जाने तयारीमा रहेको बुझिएको छ । विवादपछि मन्त्री हाङ्गाम गृह जिल्ला ताप्लेजुङ प्रस्थान गरेका छन् ।
गत साउनको अन्त्यतिर सरुवा भए पनि पछि रोकिएका पाण्डेलाई सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः मन्त्रालयमै खटाउनेबारे छलफल गरेको थियो । तर मन्त्री हाङ्गामले असन्तुष्टि जनाउँदै सचिवलाई हाजिर गर्न नदिने अडान लिएका थिए । लामो समयदेखि चल्दै आएको द्वन्द्वका बीच मन्त्रीले सरकारी गाडीको चाबी खोसेपछि विवाद चर्किएको हो । यस घटनाप्रति एमाले निकट निजामती कर्मचारी संगठनले आपत्ति जनाउँदै मन्त्रीलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ ।





Write your Comment