अमलेखगञ्जको जंगलभित्र छेद विच्छेद अवस्थामा एक पुरुषको कङकाल फेला

रातोघर

 २०८२ भाद्र १९, बिहिबार  मा प्रकाशित
३०२ पाठक संख्या


बारा । ईलाका प्रहरी कार्यालय सिमराको टोलीले मध्यराति बाघ बस्ने जंगलभित्र छिरेर कङकाल अवस्थामा एक व्यक्तिको शव फेला पारेको छ । प्रहरीका अनुसार शवमा टाउको, छाला र खुट्टाको केही भाग मात्र बाँकी रहेको अवस्थामा सब फेला परेको हो । घटनाको प्रकृती हेर्दा उक्त व्यक्तिलाई बाघ अथवा अन्य जनवारले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरी जानकारीअनुसार भाद्र ७ गते जितपुरसिमरा उपमहानगरपालिका–२२, बिरमानडाँडाका ४६ वर्षीय रमेश कार्की ९कुमाले० हराएका थिए । उनी घरबाट बेपत्ता भएपछि आफन्त र छरछिमेकीले विभिन्न ठाउँमा खोजी गरे पनि पत्ता लागेन । यसबारेमा कार्कीकी आमाले इलाका प्रहरी कार्यालय सिमरामा मौखिक जानकारी दिएकी थिइन् ।

खोजीका क्रममा वडा नं. २१ र २२ का वडा अध्यक्षहरू, स्थानीयवासी र अम्लेखगञ्ज हात्तिसारका दुईवटा हात्ती सहितको टोली पर्सा राष्ट्रिय निकुञ्जतर्फ खटिएको थियो । तर, प्रारम्भिक खोजीमा पनि कार्कीको कुनै अत्तोपत्तो लागेन । निरन्तरको प्रयासपछि बुधबार राति ८ बजे जीतपुरसिमरा–२२ स्थित रणकुमारी सामुदायिक वनको झाडीमा छेद विच्छेद कङकाल भई सकेको अवस्थामा शव भेटिएको प्रहरी जनाएको छ ।

हालसम्म फेला परेको शव रमेश कार्कीको नै हो वा होइन भन्ने एकिन हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक उमा शंकर प्रसाद साह को कमाण्डमा गएको टोलीले घटनास्थलमा फेला पारेको कंकालहरुका अंश संकलन गरेको थियो ।

यसैबीच, डिभिजन वन कार्यालय बाराबाट वन रक्षक बाबुराम घिमिरे को नेतृत्वमा पाँच जनाको टोली पनि खोजी कार्यमा संलग्न भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र शवको पहिचान औपचारिकरुपमा पुष्टि गर्न परीक्षण तथा प्रक्रिया अघि बढाइने जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban