

काठमाडौं । सडक विभागका डिभिजन इन्जिनियर तथा आयोजना प्रमुखहरूको सरुवा सूची तयार भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सूची तयार पारिसकेको भए पनि आधिकारिक रूपमा भने सार्वजनिक भइसकेको छैन।
स्रोतका अनुसार २ वर्षको कार्यकाल पूरा नगरेका अधिकांश डिभिजन प्रमुखहरूलाई यथावत राखिएको छ।
सबैभन्दा आकर्षक मानिने काठमाडौं डिभिजनमा सुवोध देवकोटाको सरुवा भएको छ। उनी नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्।
त्यस्तै चरिकोटमा नारायण भण्डारी, पोखरामा अमितकुमार शर्मा, नुवाकोटमा बद्री शर्मा, भक्तपुरमा सुमनकुमार योगेश, झापा दमकमा श्याम यादव, पाल्पामा रामपुकार जयसवाल, बुटवलमा जीवेन्द्र झा, खुर्कोटमा पारमणी धिताललाई जिम्मेवारी दिइएको छ।
यस्तै कालिगण्डकी डिभिजनमा शिवलाल दाहालको नाम आएको छ। मन्त्रालयले आधिकारिक सूची चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।





Write your Comment