

काठमाडौं । आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०ः११ बजे स्पर्श भई १ः४१ बजे मोक्ष हुनेछ।
ग्रहणको सम्मीलन राति ११ः१५ बजे, मध्य ११ः५६ बजे र उन्मीलन १२ः३८ बजे हुनेछ। यसरी खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहण अवधि करिब ३ घण्टा ३० मिनेट रहने समितिले जनाएको छ।
यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशमा सुरुदेखि अन्तसम्म प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। वैज्ञानिकहरूको भनाइ अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्न सकिन्छ। तर सूर्यग्रहण भने नाङ्गो आँखाले हेर्न मिल्दैन।
ज्योतिषशास्त्रीका अनुसार आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन फेरि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।





Write your Comment