बारामा अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा

रातोघर

 २०८२ भाद्र २२, आईतबार  मा प्रकाशित
२२२ पाठक संख्या


सिमरा। सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट शनिबार अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुनिल कुमारको नेतृत्वमा सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले २५ क्युफिट सालको काठसहित ट्याक्टर बरामद गरेको हो। बरामद सामानको मूल्य करिब १० लाख ६० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

बरामद काठ र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban