

काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस आज दिउँसो बानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्दा तनाव उत्पन्न भएको छ ।
संसद भवन पुग्ने प्रयासमा रहेका प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो । लाठी प्रहारपछि पनि भिड नरोकेपछि संसद भवनअगाडि अश्रुग्यास प्रहार गरिएको छ ।
प्रहरीले स्थिति थप नियन्त्रण गर्न पानीको फोहरा हान्ने गाडी समेत संसद भवन अगाडि परिचालन गरेको छ ।
प्रदर्शनकारी युवाहरूले भने प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् । उनीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको समर्थनमा र प्रधानमन्त्रीविरुद्ध नारा लगाइरहेका छन् ।





Write your Comment