जेनजी आन्दोलनमा प्रहरीको रबरको गोली, दुई पत्रकारसहित कयौं घाइते

रातोघर

 २०८२ भाद्र २३, सोमबार  मा प्रकाशित
१७० पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलन नियन्त्रण गर्न प्रहरीले प्रयोग गरेको रबरको गोली लागेर दुई पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको र उनलाई अस्पताल लगिएको छ । यस्तै, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

त्यस्तै, नेपाल प्रेसका पत्रकार उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको छ । कार्कीका अनुसार आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरू पनि रबरको गोली लागेर घाइते भएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban