जेनजी आन्दोलनमा प्रहरीको गोली, एक प्रदर्शनकारीको मृत्यु

रातोघर

 २०८२ भाद्र २३, सोमबार  मा प्रकाशित
२६८ पाठक संख्या


काठमाडौं । राजधानीमा जारी जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

आन्दोलन अनियन्त्रित बनेपछि प्रहरीले गोली चलाएको हो । गोली लागेका एक प्रदर्शनकारीलाई घाइते अवस्थामा सिभिल अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर छ । त्यस्तै, अन्य केही घाइतेलाई पनि उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban