कोशीका विभिन्न सहरमा जेनजी आन्दोलन तीव्र, इटहरी–विराटनगरमा झडप

रातोघर

 २०८२ भाद्र २३, सोमबार  मा प्रकाशित
२९१ पाठक संख्या


विराटनगर । जेनजीको आन्दोलन कोशी प्रदेशका विभिन्न सहरमा तीव्र बन्दै जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सुनसरीको इटहरीमा उपमहानगरपालिकाको कार्यालयमा प्रदर्शनकारीले ढुंगामुढा र तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । त्यसक्रममा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

यस्तै, विराटनगरमा पनि प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड ढालेर अघि बढेका छन् । ट्राफिक चोकमा भेला भएका उनीहरू महेन्द्र चोक हुँदै रोडशेष चोकसम्म पुगेका थिए । त्यसपछि देवकोटा चोक हुँदै अस्पताल चोकमा रोकिन पुगेका छन् ।

कमाण्डविनाको प्रदर्शनका कारण भीड अनियन्त्रित बन्दै गएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध गालीगलौजपूर्ण नारा लगाएका छन् । उनीहरूले राजतन्त्र र काठमाडौं महानगरका प्रमुख बालेन साहको पक्षमा नाराबाजी गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban