

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक बालुवाटारमा साँझ ६ बजेपछि बस्ने कार्यक्रम तय भएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयविरुद्ध आज देशभर जेनजी पुस्ता सडकमा उत्रिएपछि बैठक महत्त्वपूर्ण ठानेर बोलाइएको हो । बैठकमा जेनजी आन्दोलनसहित उत्पन्न परिस्थितिबारे विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही निर्णयका कारण मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि सरकारलाई दबाब बढाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग फोनमार्फत छलफल गर्दै निर्णय फिर्ता लिन आग्रह गरिरहेको कांग्रेस स्रोतले जनाएको छ ।





Write your Comment