

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर १४ पुगेको छ ।सिभिल अस्पतालमा थप एकजना गम्भीर घाइतेको मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएकोमा पछिल्लो जानकारीअनुसार थप एकको मृत्यु भएको हो ।
मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेहरूको संख्या यसप्रकार छ :
ट्रमा सेन्टर : ६
सिभिल अस्पताल : ३
केएमसी अस्पताल : १
त्रिवि शिक्षण अस्पताल : १
एभरेष्ट अस्पताल : ३
घाइतेहरूको यकिन संख्या भने अझै सार्वजनिक गरिएको छैन ।





Write your Comment