कोशी प्रदेश आन्दोलनमा एमाले कार्यालयमा आगजनी, विभिन्न चोकमा प्रदर्शन

रातोघर

 २०८२ भाद्र २४, मंगलबार  मा प्रकाशित
१९० पाठक संख्या


विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा आन्दोलन चर्किएको छ । बिहानैदेखि प्रदर्शनकारी सडकमा उत्रिएपछि झापा, मोरङ र सुनसरीका शहरमा तनावपूर्ण अवस्था सिर्जना भएको हो ।

झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसअघि पनि सो कार्यालयमा तोडफोड भएको थियो ।

यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् ।सुनसरीको इटहरीमा भने कर्फ्यू आदेश तोडेर प्रदर्शनकारी सडकमा उत्रिएका छन् । हिजोको प्रदर्शनका क्रममा इटहरीमा दुई जनाको मृत्यु भएपछि आज त्यहाँ थप तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।

प्रदेशभरि सुरक्षा निकाय सतर्क रहँदै स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेको बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban