बैंक तथा वित्तीय संस्था पूर्णरूपमा सञ्चालन, उद्योगी–व्यवसायीका लागि राहत प्याकेजमा छलफल

रातोघर

 २०८२ भाद्र २९, आईतबार  मा प्रकाशित
२३८ पाठक संख्या


काठमाडौं । जेन जी आन्दोलनका कारण प्रभावित बैंकिङ सेवा आइतबारदेखि पूर्णरूपमा सञ्चालनमा आएका छन् । नेपाल बैंकर्स संघका अनुसार सबै बैंकका कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएका छन् । आन्दोलनका क्रममा क्षति पुगेका शाखा कार्यालय र एटिएम सेवाहरू पनि चाँडै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको संघले जनाएको छ ।

शुक्रबारसम्म आंशिक रूपमा मात्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था आइतबारदेखि पुरानै गतिमा फर्किएका हुन् ।

यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक, निजी क्षेत्रका व्यवसायी र उद्योगीहरूसँग पछिल्ला घटनाक्रमबारे छुट्टाछुट्टै छलफल गरेका छन् ।

आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीका लागि विशेष राहत प्याकेज ल्याउनुपर्ने माग राखिएको छ । गभर्नरले बैंकहरूसँग पनि छुट्टै छलफल गर्दै व्यवसायीलाई सहुलियत दिने संभावित प्याकेजबारे विचार–विमर्श गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban