एमाले नेतृत्व परिवर्तन अनिवार्य भएको गोकुल बास्कोटाको भनाइ

रातोघर

 २०८२ भाद्र ३०, सोमबार  मा प्रकाशित
२५२ पाठक संख्या


काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी कार्यालय पुनर्निर्माणभन्दा अघि पार्टी नेतृत्वको पुनर्गठन अनिवार्य भएको बताएका छन् ।

निरन्तर सांकेतिक ढंगले नेतृत्व बहिर्गमनको माग गर्दै आएका बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीले अब पद छाड्नुपर्ने प्रष्ट पारेका हुन् ।

नेपाल प्रेसको प्रश्नमा — “केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने हो ?” भन्ने प्रश्नमा उनले भने, “अब अरु कुनै तरिकाले वा कसैलाई उफारेर हुँदैन, नेतृत्व परिवर्तन हुनुपर्छ । समाजलाई विश्वस्त पार्न सक्ने व्यक्तित्वको नेतृत्वमा एमाले अघि बढाउनुपर्छ ।”

उनका अनुसार पार्टीको कुनै वैधानिक फोरममार्फत नेतृत्व परिवर्तन गर्न सकिने भए पनि ढिला गर्न नहुने पक्षमा आफूले नेताहरूसँग कुरा गरिरहेको बताए ।

बास्कोटाले आजै पनि सामाजिक सञ्जालमार्फत छिटो तर सुविचारित निर्णय गरी पार्टी पुनर्गठन गर्न आह्वान गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban