मन्त्री कुलमान घिसिङको आह्वान : ‘जेनजी आन्दोलनले क्षति पुर्‍याएका पूर्वाधारलाई मिलेर पुनर्निर्माण गरौं’

रातोघर

 २०८२ आश्विन ३, शुक्रबार  मा प्रकाशित
२६२ पाठक संख्या


काठमाडौं । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा सबै नेपालीलाई एकजुट हुन आग्रह गरेका छन् ।

शुक्रबार यातायात व्यवस्था विभाग मीनभवनमा श्रमदान कार्यक्रममा सहभागी हुँदै उनले भने, “देश–विदेशमा रहेका सबै नेपाली मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउनुपर्छ ।”

उनका अनुसार, “नेपालको पूर्वाधार हामी आफैं बनाउँछौं” भन्ने अभियान देशैभर सञ्चालन गरिने भएकाले सबैलाई सहभागी हुन आग्रह गरिएको हो । आन्दोलनका क्रममा करिब दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको उल्लेख गर्दै उनले नेपालीको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण गर्न कोष खडा गरिएको जानकारी दिए ।

मन्त्री घिसिङले पुनर्निर्माणमा विशेषगरी विदेशमा रहेका नेपालीको सहयोग अपरिहार्य रहेको भन्दै मातृभूमिप्रतिको जिम्मेवारीका लागि सबैलाई आह्वान गरे ।

त्यस्तै उनले विदेशमा रहेका नेपालीको मताधिकार, नागरिकता र भिसासम्बन्धी समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । साथै छिट्टै मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्री आन्तरिक छलफल गरिरहेको जानकारी समेत दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban