नेपाली क्रिकेट टोलीलाई युएई भिसा, वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न भोलि प्रस्थान

रातोघर

 २०८२ आश्विन ५, आईतबार  मा प्रकाशित
१८३ पाठक संख्या


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युएई प्रवेश भिसा प्राप्त भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार भिसा हातपरेसँगै टोली भोलि युएई प्रस्थान गर्ने तयारीमा छ ।

जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि युएई सरकारले केही समय नेपालीहरूलाई भिसा रोक्का गरेको थियो । यसकै कारण खेलाडीहरूको यात्रा अनिश्चित बनेको थियो । केही दिनअघि मात्रै टोलीले भिसाका लागि आवेदन दिएको भए पनि नियमित प्रक्रियाबाट ढिलो भएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पहल गरेको थियो ।

यता, वेस्ट इन्डिजसँगको टी–२० सिरिजका लागि तयारीक्रम अघि बढाइसकेको क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरी टिकट बिक्री पनि सुरु गरिसकेको छ । अस्तिदेखि अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।

नेपालले आगामी सेप्टेम्बर २७, २९ र ३० गते वेस्ट इन्डिजसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले गर्ने जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban