ब्राजिलमा विश्वकै सबैभन्दा ठूलो ‘लामखुट्टे बायोफ्याक्ट्री’ संचालनमा

रातोघर

 २०८२ आश्विन ५, आईतबार  मा प्रकाशित
२२० पाठक संख्या


काठमाडौं । ब्राजिलले लामखुट्टे नियन्त्रणका लागि अनौठो पहल गर्दै कुरिटिबा शहरमा विश्वकै सबैभन्दा ठूलो ‘लामखुट्टे बायोफ्याक्ट्री’ सञ्चालनमा ल्याएको छ ।

यस कारखानामा हरेक हप्ता लाखौँ राम्रो (संक्रमण नफैलाउने) लामखुट्टे उत्पादन गरिन्छ । ती लामखुट्टे वातावरणमा छोड्दा डेंगी, चिकनगुनिया र जिका भाइरसजस्ता रोग फैलाउने खालका लामखुट्टेको संख्या स्वतः घट्ने विश्वास गरिएको छ ।

ब्राजिल सरकारले यो बायोफ्याक्ट्रीलाई लामखुट्टे–जन्य रोग नियन्त्रणमा दीर्घकालीन रणनीति स्वरूप अगाडि बढाएको जनाएको छ । वैज्ञानिकहरूले यसलाई सार्वजनिक स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि मानिरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban