

काठमाडौं, ५ असोज – नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलानजिक खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ। अब सडकमा सवारी साधनको आवागमन पुनः सुरु भएको छ।
पहिरोले गत शुक्रबारदेखि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो। आज बिहान चार बजेदेखि नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको थियो।
सडक खुलाएसँगै यात्रु तथा व्यापारीहरूले सहजतापूर्वक आवागमन गर्न पाउने भएका छन्। सडकमा सुरक्षा र सम्भावित जोखिमका लागि स्थानीय प्रशासन सतर्क रहेको जनाएको छ।





Write your Comment