दशैं घरमा जमरा राखी घटस्थापना सुरु

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
२२७ पाठक संख्या


काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३ मिनेटको शुभ साइतमा विधिपूर्वक जमरा राखिएको छ । यससँगै दशैं पर्वको औपचारिक सुरुवात भएको छ ।

बिहानै नित्यकर्म सम्पन्न गरी नजिकको नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरी पूजा कोठा वा दशैं घरमा राखेर त्यसमाथि जौं छरिन्छ । यही छरिएको जौंको अंकुरणलाई ‘जमरा’ भनिन्छ ।

दशैंको टीकाको दिन जमरालाई देवीको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ । घटस्थापनापछि दशैं घरमा दैनिक बलि दिई विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban