नेता हितेन्द्रका दुःख दोब्बर : प्राधिकरणबाट लखेटिए, घरमा आग जनी

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
१७८ पाठक संख्या


काठमाडौं । हालैका राजनीतिक उतारचढावका बीच नेता हितेन्द्र दुबै दुःखद घटनाको सामना गर्न बाध्य भएका छन् । एकातिर उनलाई प्राधिकरणबाट लखेटिएको छ भने अर्कोतर्फ उनका घरमा आगजनी भएको छ ।

स्रोतका अनुसार लामो समयदेखि प्राधिकरणमा सक्रिय रहँदै आएका हितेन्द्रलाई आन्तरिक विवाद र नयाँ शक्ति सन्तुलनको बहानामा प्राधिकरणबाट हटाइएको हो । यससँगै उनको राजनीतिक हैसियतमा ठूलो धक्का पुगेको छ ।

त्यसैबीच, राजधानीस्थित उनको निजी निवासमा अज्ञात समूहले आगजनी गरेको छ । आगलागीबाट घरको ठूलो भाग क्षतिग्रस्त भएको र भौतिक सम्पत्ति समेत जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ ।

यस्तो अवस्थामा हितेन्द्रले राजनीतिक हैसियत मात्र होइन, व्यक्तिगत जीवनसमेत कठिन बनेको छ । उनका नजिकका सहयोगीहरूले यो घटनालाई नियोजित आक्रमणका रूपमा लिएर सुरक्षा निकायलाई छानबिन तीव्र पार्न आग्रह गरेका छन् ।

घटनापछि प्रभावित हितेन्द्रले भने, “सत्ता र आन्दोलनको खेलमा म व्यक्तिगत रूपमा लक्ष्य बनाइएकाले मेरो जीवन संकटमा परेको छ, राज्यले सत्य तथ्य बाहिर ल्याउनुपर्छ।”

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban