मन्त्रिपरिषद्को ९ निर्णय : छानबिन आयोगदेखि खर्च कटौतीसम्म

रातोघर

 २०८२ आश्विन ६, सोमबार  मा प्रकाशित
१८६ पाठक संख्या


काठमाडौं । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नौवटा महत्वपूर्ण निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले जेन–जी आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । यससँगै आन्दोलनका कारण भएका क्षतिको मूल्यांकन गर्न समिति बनाइने र पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय समेत भएको छ ।

बैठकले विभिन्न निकायमा नेतृत्व परिवर्तन पनि गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गर्ने निर्णय भएको छ ।

यस्तै, आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन तथा औजारहरू लिलाम गर्ने, तीन करोडभन्दा कम लागतका कुनै पनि योजना अघि नबढाउने, आन्दोलन प्रभावितहरूलाई छुट तथा सहुलियत दिने र सरकारी खर्चमा व्यापक कटौती गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

यी निर्णयले आन्दोलनपछिको व्यवस्थापन, पुनर्निर्माण तथा सुशासनका लागि सरकारलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban