

काठमाडौं । कानुन निर्माण बाहेकका विषयमा पनि राष्ट्रिय सभाले छलफल गर्ने प्रक्रिया अघि बढेको छ । कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेका सांसदहरूका प्रस्ताव, जो विगतमा सभामा छलफल भएर पारित भइसकेका छन्, ती प्रस्तावहरूको कार्यान्वयन अवस्थाबारे छलफल गर्न सकिने भएको छ ।
यस व्यवस्थाले सांसदहरूले अघि सारेका सुझाव र प्रस्ताव केवल कागजमा सीमित नभई कार्यान्वयनको अवस्थाबारे नियमित समीक्षा गर्ने अवसर उपलब्ध हुने बताइएको छ ।
संसद सचिवालयका अनुसार यस्तो छलफलमार्फत सरकारलाई दबाब दिने, नीतिगत कमजोरी पहिचान गर्ने र अगाडि बढ्ने बाटो देखाउने अपेक्षा गरिएको छ ।





Write your Comment