

सर्लाही । पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले झूठा विवरण पेश गरी चार जनालाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार वडाध्यक्ष यादवविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनले प्रस्तुत गरेको सिफारिसपत्रमा तथ्यगत त्रुटि र असंगत विवरण फेला परेको बताइएको छ ।
नागरिकता जस्तो संवेदनशील विषयमा सार्वजनिक पदमा रहेकाले गैरकानुनी सिफारिस गर्नु गम्भीर अपराध मानिने प्रहरीको भनाइ छ ।





Write your Comment