जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई मेयर साम्पाङको श्रद्धाञ्जलि, कपाल खौरिएर सम्मान

रातोघर

 २०८२ आश्विन ८, बुधबार  मा प्रकाशित
२५० पाठक संख्या


धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले विशेष श्रद्धाञ्जलिको रूपमा आफ्नो कपाल खौरिएका छन् ।

साम्पाङले कपाल खौरिएर दिएको श्रद्धाञ्जलि आन्दोलनमा भएको जनहानिप्रति गहिरो संवेदना र मृतकहरूप्रति सम्मानको प्रतीक रहेको बताए । उनका अनुसार, आन्दोलनकै क्रममा ज्यान गुमाएका जेनजी पुस्ताका युवाहरू र शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्दै प्राण आहुति दिने सुरक्षाकर्मीहरूको बलिदानलाई कहिल्यै बिर्सन नहुनेछ ।

मेयर साम्पाङले मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै भविष्यमा शान्ति, न्याय र सहअस्तित्व कायम गर्न सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban