

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा जलेका भनिएका नोटहरूको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले सुरु गरेको छ ।
विभागका अनुसार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन मन्त्री दिपक खड्काको निवासमा पुगेर जलेका नोट र घटनास्थलको मुचुल्का उठाइएको छ ।
विशेषगरी प्रचण्ड निवासमा भेटिएका जलेका भनिएका नोटबारे सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र तस्बिर फरेन्सिक ल्याबमा पठाइने विभागले जनाएको छ । त्यस्तै, देउवा र खड्काको घरबाट पनि जलेका नोटका टुक्रा र खरानी संकलन गरिएको छ ।
विभागका अधिकारीका अनुसार, यदि ती रकम साँच्चै जलेको पुष्टि भएमा त्यसको स्रोत र कानूनी अवस्था बारे थप अनुसन्धान अघि बढाइनेछ ।





Write your Comment