

चितवन । नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो १०५ घण्टापछि हटाइएर यातायात पुनः सञ्चालनमा आएको छ ।
गत शुक्रबार राति खसेको ठूलो पहिरोका कारण सडक पूर्ण अवरुद्ध भएको थियो । लामो प्रयासपछि आइतबार राति १०:३५ बजेबाट सवारी आवागमन दुईतर्फी रूपमा सुचारु भएको सडक विभागले जनाएको छ ।
पहिरो हटाउने कार्यमा अपरेटर, सुपरभाइजर, सडक विभाग भरतपुर, ट्राफिक प्रहरी, इन्जिनियर, सब–इन्जिनियर, स्थानीयवासी, चालकदल र यात्रुहरूको धैर्य र सहयोग महत्त्वपूर्ण भएको सरोकारवालाहरूले बताएका छन् ।
सडक सुचारु भएपछि सम्बन्धित निकायले सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।





Write your Comment