जेनजी आन्दोलनमा मृत्युका कारण प्रधानमन्त्री कार्कीले यस वर्ष टीका–जमरा नलगाउने

रातोघर

 २०८२ आश्विन १३, सोमबार  मा प्रकाशित
३६५ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाले ज्यान गुमाएको दुखद परिस्थिति स्मरण गर्दै यस वर्ष बडादशैंमा टीका–जमरा नलगाउने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयले सोमबार सार्वजनिक गरेको वक्तव्यमार्फत दशैंमा टीका लगाउने कुनै औपचारिक कार्यक्रम नहुने स्पष्ट गरिएको छ। वक्तव्यमा जनाइएको छ कि प्रधानमन्त्री स्वयंले पनि टीका नलगाउने र नलगाउने निर्णयका बारेमा देशबासीलाई जानकारी गराइएको छ।

जेनजी आन्दोलनका घटना र त्यसमा परी ज्यान गुमाएका युवाप्रति सम्मानस्वरूप प्रधानमन्त्रीले यो वर्षको मुख्य चाड औपचारिक कार्यक्रमबिना मनाउने निर्णय गरेको सचिवालयले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban