अख्तियार प्रमुख राईसहित सबै आयुक्तको राजीनामा माग्दै टंगाल पुगे युवाहरू

रातोघर

 २०८२ आश्विन २१, मंगलबार  मा प्रकाशित
१९४ पाठक संख्या


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहित केही युवा टंगालस्थित आयोग कार्यालय पुगेका छन्।

‘जेन-जी मुभमेन्ट अलायन्स’ नामक समूहले हिजो इमेलमार्फत राईसहितका सबै आयुक्तलाई तत्काल राजीनामा दिन आग्रह गर्दै दबाबमूलक पत्र पठाएको थियो। उक्त समूहले राईको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगमा दलका मान्छे नियुक्त गरिएको र यसले भ्रष्टाचारको निष्पक्ष छानबिनमा बाधा पुर्‍याएको आरोप लगाएको छ।

युवाहरूले आयोगमा नयाँ र निष्पक्ष व्यक्तित्व ल्याउनुपर्ने माग गरेका छन्।

यसबीच आयोग परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा चुनौती हुन सक्ने ठाउँमा विशेष सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशनअनुसार प्रहरीको कमाण्डो टोली समेत परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban