ऊर्जामन्त्री घिसिङद्वारा स्यूचाटार विद्युत् प्रेषण केन्द्रको अनुगमन, प्रणाली आधुनिकीकरणमा जोड

रातोघर

 २०८२ आश्विन २१, मंगलबार  मा प्रकाशित
२६१ पाठक संख्या


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको स्थलगत अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा देशभरको विद्युत् उत्पादन, प्रसारण, वितरण तथा ग्रिड सञ्चालनको समग्र अवस्था बारे विस्तृत जानकारी लिएका छन्।

बत्ती जाने समस्या समाधानका लागि मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, दिगो र आधुनिक बनाउन आवश्यक नीतिगत तथा प्राविधिक सुधारका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्।

उनले विद्युत् प्रवाहमा देखिएका प्राविधिक अवरोधहरूलाई तत्काल समाधान गर्न निर्देशन दिँदै ऊर्जा व्यवस्थापनमा प्रविधिमैत्री सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली, प्रसारण प्रणालीका विशेषज्ञ तथा मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban