प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस–एमाले अदालत जाने तयारीमा

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
१८३ पाठक संख्या


काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेकपा (एमाले) भने चुनावी तयारीभन्दा बढी प्रतिनिधिसभा पुनःस्थापनाको प्रयासमा सक्रिय भएका छन्। दुवै दलले विघटित प्रतिनिधिसभा पुनर्जीवित गर्न अदालतको बाटो अपनाउने योजना अघि सारेका छन्।

श्रोतका अनुसार नेपाल बार एसोसिएसनलाई अगाडि सारेर दुई तिहाइ वा बहुमत सांसदहरूको हस्ताक्षरसहित रिट दर्ता गर्ने तयारी भइरहेको छ। साथै सभामुखलाई कानुनी प्रक्रियामा ल्याउने र स्वतन्त्र कानुन व्यवसायीमार्फत मुद्दा दायर गर्ने विकल्पमा समेत छलफल चलिरहेको बताइएको छ।

हाल सर्वोच्च अदालतले भौतिक क्षति र व्यवस्थापकीय कारण देखाउँदै रिट लिन सुरु नगरे पनि, रिट दर्ता भएपछि विषयलाई न्यायिक प्रक्रियामा लैजाने तयारी गरिएको छ।

कांग्रेस र एमाले दुवैका नेताहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा साझा रूपमा अघि सारेका छन्। पार्टी स्रोतका अनुसार यसबारे आन्तरिक छलफल तीव्र भइरहेको छ।

एक अधिकारीले भने, “कुन दिन अदालत जाने भन्ने मात्रै बाँकी छ; तर कांग्रेस र एमाले यस विषयमा संयुक्त रूपमा अघि बढ्ने तयारीमा छन्।”

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban